नियम २१
बहस व्यवस्थापन
(१) मुद्दाको बहस सुनुवाईको प्रारम्भमा न्यायाधिकरणले त्यस
मुद्दामा निर्णय गर्नु पर्ने प्रश्नहरुमा सीमित रही बहस गर्न पक्ष वा कानून
व्यवसायीलाई निर्देशन दिन सक्नेछ ।
(२) मुद्दाको प्रकृति र विषयवस्तु हेरी न्यायाधिकरणले बहसको समय तोक्न
सक्नेछ । सो तोकिएको समयभित्र सीमित रही कानून व्यवसायीले वहस गर्नु
पर्नेछ ।
(३) मुद्दामा जटिल कानूनी प्रश्न समावेश भएको देखी न्यायाधिकरणले
आवश्यक ठानेमा वा पक्षको कानून व्यवसायीले वहसनोट पेश गर्न चाहेमा
न्यायाधिकरणले पेशी तारेखको दुई दिन अगाडि वहसनोट पेश गर्न आदेश दिन
सक्नेछ ।
(४) उपनियम (३) बमोजिम वहसनोट पेश गर्ने आदेश न्यायाधिकरणले
दिएमा सम्बन्धित कानून व्यवसायीले तोकिएको दिनमा लिखित वहस नोट पेश गर्नु
पर्नेछ ।